मतान्तर बढाउँदै विनोध चौधरी, ५६४० मतले पछि परे त्रिपाठी


काठमाडौं – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ मा मतगणना जारी छ । पछिल्लो विवरण अनुसार प्रतिनिधिसभातर्फ गठबन्धनबाट नेपाली कांग्रेस उमेदवार विनोद चौधरीले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

पछिल्लो तथ्यांकअनुसार चौधरीले २३ हजार ८६१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदेश त्रिपाठीले १८ हजार २२१ मत प्राप्त गरेका छन् । उनले आफ्नो प्रतिस्पर्धी त्रिपाठीलाई ४ हजार ६४० मतले पछि पारेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले १२ हजार ३३२ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भोजराज ढकालले ३ भने १५५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया