इलाम–१ मा सुरु हुन सकेन मतणना, २ मा नेम्वाङलाई अग्रता


इलाम – इलाम क्षेत्र नम्बर १मा रोकिएको मतगणना सुरु हुन सकेको छैन । क्षेत्र नम्बर २ मा भने मतगणना सुरु भएलगत्तै पूर्वसभामुख तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता कायम राखेका छ ।

नेम्वाङ ८३३ मतको अन्तर सहित अग्रता कायम राखेका हुन् । उनले ११ हजार ६२१ मत पाउँदा निकटतम प्रतिष्पर्धी गठबन्धनतर्फका नेपाली कांग्रेस जिल्ला सभापति समेत रहेका डम्बर खड्काले १० हजार ७८८ मत पाएका छन् ।

क्षेत्र नम्बर २मा हालसम्म दुईवटा गाउँपालिकाको मत गनिसकिएको छ । चुलाचुली गाउँपालिका र माङ्सेबुङ गाउँपालिकाको मत गनेर फाकफोकथुम गाउँपालिकाको मत गनिंदै छ । अब फाकफोकथुमको आधा सहित देउमाई नगरपालिका र इलाम नगरपालिकाको मत गन्न बाँकी छ । यसका प्रदेशतर्फ एमालेकै अग्रता छ ।

बुधबार अपरान्ह चार बजेबाट विवाद भएर मग गणना रोकिएको थियो । सर्वदलीय सहमतीपछि राति १२ बजेबाट पुन मत गणना सुरु भएको थियो ।

तर, इलाम क्षेत्र नं १ मा मंगलबारबाट स्थगित भएको गणना अझै सुरु हुन सकेको छैन । निर्वाचन अधिकृतको कार्यालयले एक सूचना जारी गर्दै मतगणना कार्य सुरु गराउनका लागि १० बजे बैठक बोलाएपनि दलका प्रतिनिधि नआएपछि मतगणना हुन सकिरहेको छैन ।

 

प्रतिक्रिया