कास्की-२ मा विद्या भट्टराई १६ हजार ९९८ मतसहित विजयी


काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ कास्की क्षेत्र नम्बर २ मा नेकपा (एमाले)की विद्या भट्टराई १६ हजार ९९८ मतसहित विजयी भएकी छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई चार हजार ५०३ मतले पराजित गरेकी हुन् ।

कँडेलले १२ हजार ४९५ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले ९ हजार ६५९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया