


गोरखा १ मा राजेन्द्र बजगाईं विजयी

गोरखा – गोरखा निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तरले पराजित गर्दै गठबन्धनका उम्मेद्वार बजगाईं विजयी भएका हुन्।
बजगाईंले ३३ हजार ४६८ मत प्राप्त गरेका छन् भने बस्नेतले १६ हजार ७८५ मत प्राप्त गरेका छन्। गोरखा १ मा कूल एकलाख १५ हजार ३९७ मतदातामेध्य ६० हजार ४३१ मत खसेको थियो।
यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा गोरखा १ को प्रदेश क्षेत्र १ बाट बजगाईं र बस्नेत दुवैजना प्रतिस्पर्धी थिए।
त्यतिबेला बस्नेतले बजगाईंलाई पराजित गरेका थिए। अहिले प्रतिनिधिसभा निर्वाचनमा पनि उनीहरु दुवै जनाको चुनावी प्रतिस्पर्धा भएको हो।
भीमसेन थापा गाउँपालिका १ मसेल रावलडाँडा स्थायी ठेगाना भएका बजगाई यसअघि नेपाली कांग्रेसको बाह्रौँ जिल्ला अधिवेशन, तेह्रौँ जिल्ला अधिवेशन र चौधौ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका थिए।

