नवलपरासी-२ : राप्रपाका प्रधान दोब्बर मतले अघि


काठमाडाैं – पश्चिम नवलपरासीको क्षेत्र नम्बर-२ मा राप्रपाका ध्रुवबहादुर प्रधानले दोब्बरभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।

उनले ६ हजार ८९६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले दुई हजार ८६४ मत पाएका छन् भने एमालेका दीपेन्द्र अधिकारीले एक हजार ५२२ मत ल्याएका छन् ।

यसअघि नेपाली कांग्रेसका नेता कँडेलले जित्दै आएको यस क्षेत्रमा अहिले प्रधानको जीत निश्चित देखिएको छ । प्रदेशसभा-१ मा पनि राप्रपाका उम्मेदवारले चार हजार ५८७ मतसहित अग्रता लिएका छन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले दुई हजार ७३९ र लोसपाका उम्मेदवारले दुई हजार ७८ मत पाएका छन् ।

प्रतिक्रिया