

मतान्तर बढाउँदै सुदन किराती, शेरधन राईले ल्याए २ हजार ४०८ मत

भोजपुर – भोजपुरमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता सुदन किरातीले एमालेका शेरधन राईसँग मत अन्तर बढाउँदै लगेका छन् ।
कुल ६ हजार ३३० मत गणना हुँदा सुदनले ३ हजार २२ मत ल्याएका छन् भने शेरधनले २ हजार ४०८ मत ल्याएका हुन् ।
शेरधन र सुदनबीच मत अन्तर ६१४ मात्रै छ । यसअघि बराबर भएका शेरधन र सुदन पछिल्लो अवस्थामा सुदनले मत अन्तर बढाउँदै लगेका छन् ।

