नवलपुर मतपेटीमा आगजनी, एक जना पक्राउ


नवलपुर – नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ मा मतपेटिकामा आगलागी भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसिड खसालेर आगो लागाएको बताइएको छ ।

एसिड हालेर आगो लगाएको आरोपमा स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । करिब ४ बजेर १२ मिनेटमा मतपेटिकामा आगलागी गरेको जनाइएको छ ।

प्रतिक्रिया