
कैलालीमा ४७ र मनाङमा ६५ प्रतिशत मत खस्यो
कैलाली – कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ ।
हालसम्म जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए । यस निर्वाचनमा मतदाताको सहभागी न्यून देखिएको छ ।
त्यस्तै जारी मतदानमा मनाङमा दिउँसो १स्३० बजेसम्म ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १ : ३० बजेसम्म यहाँ ६५ प्रतिशत मतदान भएको हो ।
कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।



कागजपत्र |
