नेपाललाई एकदिवसीय सिरिज

ज्ञानेन्द्र र आशिफको उत्कृष्ट ब्याटिङले निर्णायक खेलमा युएईविरुद्ध नेपाल विजयी


काठमाडौं – नेपालले राजधानीमा जारी एकदिवसीय क्रिकेट शृंखलाको सिरिज हात पारेको छ । शुक्रबार सम्पन्न सिरिजको निर्णायक खेलमा नेपालले युएईविरुद्ध जित हात पार्दै सिरिज आप्mनो कब्जामा पारेको हो ।

नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आशिफ शेखले उत्कृष्ट पारी खेल्दै युएईले दिएको १ सय ७७ रनको लक्ष्य भेटाएको थियो । नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य हासिल गरेको हो ।

नेपालका लागि मल्लले ६४ रनको पारि खेलेका थिए । उनले ७३ बलमा ६४ रन बनाएका थिए । उनलाई युएईका आयानले एलबीडब्लू धरापमा पारेका थिए ।

आशिफ शेखले ८८ रन बनाए । नेपालले २४ रन बनाउँदा ओपनर अर्जुन साउदलाई गुमाएको थियो । त्यसपछि ब्याटिङका लाग आएका कप्तान रोहित पौडेल १०  रन बनाउँदै रन आउट भएका थिए । त्यसपछि ब्याटिङका लागि आएका दीपेन्द्र सिंह एरीले शुन्यरनमा रनआउट भए । अन्तिम एक रनका लागि हरिशंकर शाह ब्याटिङका लागि आएका थिए ।

कप्तान रोहितले पहिलो सिरिजमै नेपालका लागि जित दिलाएका हुन् । उनी पहिलो सिरिजमै जित हात पार्ने सबैभन्दा कान्छा कप्तान हुन् ।

युएईका लागि हजरथ बिलाल र आयान अफजल खानले १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको युएईले खराब सुरुवात गरेको थियो । युएईले ब्याटिङ गर्दै ५० ओभरमा एक सय ७६ रन बनाएको थियो ।

बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै ११ रन बनाउँदा पहिलो विकेट लिएको नेपालले युएईले ९३ रन जोड्दा नौ विकेट लिएको थियो । तर, युएईका आयान अफजल खान र हजरत बिलाल टिकेर खेलेपछि मध्यम योगफल बनाएको हो । आयानले ६३ बलमा ५४ रन बनाए । उनले सात चौका र एक छक्का प्रहार गर्दै युएईको पारी सम्हालेका थिए । हजरतले ५४ बलमा २० रन बनाए ।

नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान दुई–दुई विकेट लिए । ललित राजवंशी र सोमपाल कामीले एक–एक विकेट लिएका छन् ।

यसअघि नेपाल र युएईले एक एक खेल जितेका थिए

प्रतिक्रिया