बढ्यो चिसो : बागमती, गण्डकी र प्रदेश १ का हिमाली भेगमा हिमपात


काठमाडौं- देशका विभिन्न भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश–१ र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

विभागका अनुसार आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश–१ र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया