


नेपाल–युएई एकदिवसीयः नेपालले बलिङ गर्दै, युएईले गुमायो पहिलो विकेट

काठमाडौं — युएईविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा केहीबेर अघि टस जितेर नेपालले बलिङ गर्न लागेको हो ।
कप्तान सन्दीप लामिछानेलाई फौजदारी अभियोग लागेपछि नेपाल क्रिकेट संघले यो श्रृंखलादेखि नेपालको कप्तानका रुपमा रोहित कुमार पौडेललाई नियुक्त गरेको छ । आधिकारिक कप्तानका रुपमा रोहितको यो पहिलो श्रृंखला हो । उनले घरेलु वातावरण र दर्शकको साथले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेका छन् ।
उता टी–२० विश्वकप खेलेर फर्किएको युएई टोलीको नेतृत्व सीपी रिजवानले गरेका छन् ।
एकदिवसीय खेलमा नेपालका हरिशंकर शाह र अर्जुन साउदले डेब्यू गरेका छन् । अर्जुन विकेटकिपर र हरिशंकर अलराउण्डर हुन् । अर्जुनले केन्या टुरमा टी–२० आईमा डेब्यु गरेका थिए ।
अहिले युएइले ७५ रन बनाउँदा पहिलो विकेट गुमाएको छ । नेपालका लागि गुल्सन झाले पहिलो विकेट लिएका छन् ।

