पाँच वर्षमा संघीयतामा नयाँ प्रयोग भयो : मुख्यमन्त्री पोखरेल


कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंसिर हुने निर्वाचन सफल बनाउन तिनै तहको सरकार एक भएर लाग्नुपर्ने बताए।

पोखरामा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उनले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका लागि स्थानीय, प्रदेश र संघीय सरकार एक भएर लाग्नुपर्ने बताएका छन्।

‘आयोगलाई सरकारले पैसा छुट्याएको छ। त्यो भएन भने प्रदेश सरकारले हेरेर बस्ने कुरा पनि भएन’, उनले भने, ‘हाम्रो लक्ष्य यो अभियानलाई सफल बनाउने हो।’

संघीयता र लोकतन्त्रको मजबुती नै आवधिक निर्वाचनमा आधारित भएकाले यसलाई सफल बनाउन सबै क्षेत्र लाग्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘निर्वाचन एउटा प्रक्रिया मात्रै होइन।  निर्वाचन यसो उसो गरेर भोट हालेर पठाउने मात्रै पनि होइन, भयरहित, शान्तिपूर्ण निर्वाचन भनेको जनताको मौलिक अधिकार पनि हो र जनताको आशा पनि हो।’

यो पाँच वर्षको अवधिमा भएका काम र व्यवस्थाको निरन्तरता यो पटकको निर्वाचनले कायम गर्नुपर्ने उनले बताए। पाँच वर्षको संघीयताको कार्यान्वयनको सन्दर्भमा प्रत्येक क्षेत्र नयाँ प्रयोग भएको उनले बताए।

अधिकार क्षेत्रका विषयमा केन्द्रसँग विमति रहेको पनि उनले सुनाए।

प्रतिक्रिया