
सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा गर्दै
काठमाडौँ- सत्तारुढ गठबन्धनले आज (शनिबार) चितवनमा चुनावी सभा आयोजना गर्दै छ।
सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ।
देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई सहित नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ।



कागजपत्र |
