रामेछापमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते


रामेछाप – उमाकुण्ड गाउँपालिका-५ को प्रितीमा ट्याक्टर पल्टदाँ ट्याक्टरमा सवार एक जनाको भएको छ ।

लिखुको बेनीमेलामा गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर साविकको प्रिती गाविसको संसारीडाँडा भन्ने ठाउँमा पल्टिँदा स्थानीय प्रेमबहादुर सुनुवारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

घाइतेमध्ये दुई जना स्थानीय प्राथामिक अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । यस्तै गम्भीर घाइते भएका व्यक्तिलाई उपचारको लागि काठमाडाैं पठाउने तयारी भैरहेको छ । गम्भीर घाइते भएका व्यक्तिकाे परिचय खुलेकाे छैन ।

प्रतिक्रिया