इमरान खानले केही बेरमा देशलाई सम्बोधन गर्ने – वकिल


काठमाडौं – इमरान खानका वकिल तथा तहरीक-ए-इन्साफका नेता बाबर अवानले इमरान खानले केही समयपछि देशलाई सम्बोधन गर्ने बताएका छन् ।​ अवान खान शौकत खानम अस्पतालमा इमरान खानलाई भेट्न गएका थिए, त्यसपछि उनले यो जानकारी दिएका हुन् ।

डाक्टरहरुले पनि उनको उपचारको जानकारी दिने उनले बताए । बिहीबार पाकिस्तान तहरीक–ए–इन्साफको लङ मार्चमा गोली चलेको थियो । जसमा इमरान खानसहित १४ जना घाइते भएका छन् । जानकारी अनुसार इमरान खानको खुट्टामा गोली लागेको छ ।

अधिकारीहरूले अहिलेसम्म एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

 

प्रतिक्रिया