
घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादी
काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै छ । एकीकृत समाजवादीले आज दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्न लागेको हो । केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुने कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।
घोषणापत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ रहेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ ।



कागजपत्र |
