
राप्रपाले चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्दै
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचनको घोषणापत्र सोमबार सार्वजनिक गर्दैछ।
मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहान सोमबार बिहान साढे ११ बजे घोषणापत्र सार्वजनिक हुने प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नेछन्।



कागजपत्र |
