भेरी नदीमा डुबेर दुई जना बेपत्ता


सुर्खेत – भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् ।
शनिबार दिउँसो २ बजे बनभोज खान गएका दुई जना भेरीगंगा नगरपालिका-२ सत्तरीमा पर्ने भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ  ।

दैलेखको भगवतीमाई गाउँपालिका ४ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–३ बस्ने  १९ वर्षीय  छवि बुढा र वीरेन्दनगर ३ का १९ वर्षीय  दिपक थापा बेपत्ता भएका  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले  बताए । बेपत्ता भएकाहरूको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया