देशको विकास गर्न गगनको नेतृत्व आवश्यक छ : स्वर्णिम वाग्ले


काठमाडौँ- अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले काठमाडौं क्षेत्र नम्बर चारसँगै सिंगो देशको विकास गर्न गगनको नेतृत्व आवश्यक रहेको बताए ।

‘उहाँको प्रस्तुति तयारीसहितको तथ्यमा टेकेर विज्ञहरूको कुरा सुनेर हुन्छ । गएको संसद्मा पनि गगन थापा र मीनेन्द्र रिजालको मात्र उपस्थित बलियो थियो,’ उनले भने ।

विगतमा ओलीको दुईतिहाइ सरकारलाई उत्तरदायी बनाउने काम थापाबाट मात्र भएको वाग्लेको भनाइ छ ।’ओलीको दुईतिहाइ सरकारलाई अलिकति भए पनि उत्तरदायी बनाउने काम उहाँबाट भएकै हो । कोभिडको समयमा सरकारसँग मिलेर काम गर्न चाहेको, स्वास्थ्य बिमाका विषयको विषय उदाहरण हुन् ।’

 

प्रतिक्रिया