दानवीर मैयादेवी श्रेष्ठ अस्वस्थ


चितवन — वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठ अस्वस्थ भएकी छिन् । गत असोज २५ गतेदेखि उनी निमोनियाबाट अस्वस्थ भएकी हुन् ।

उनलाई पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । उनका धर्मपुत्र टङ्कनाथ पौडेलका अनुसार ९५ वर्षीया वरिष्ठ समाजसेवी श्रेष्ठ चितवन मेडिकल कलेजमा उपचाररत छन् ।

नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ यहाँस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुन् ।  धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति  रु एक अर्ब भन्दा माथिको रहेको छ ।

प्रतिक्रिया