पशुपतिको गौसाला धर्मशालाका अवैध संरचना हटाउन ३५ दिने सूचना


काठमाडौँ- काठमाडौँस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने भएको छ।

पशुपति क्षेत्र विकास कोषले सम्झौता विपरीत संरचना बनेकोले हटाउन समय दिएको हो। कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन आग्रह गरेको हो।

३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए कोले नियमअनुसार कारबाही गरिने पनि जनाएको छ।

प्रतिक्रिया