


डलर अर्बपति चौधरीको चुनावी अभियान : मोटरसाइकलमा हुँइकिँदै, मत माग्दै

काठमाडौं- नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट उमेदवारी दिएका विनोद चौधरी चुनावी अभियानमा जुटेका छन् । नेपालबाट अर्बपतिको सूचीमा रहेका चौधरी मोटरसाइकलमा हुँकिदै मतदातालाई भेट्न थालेका छन् ।
मोटरसाइकलमा चढेर चुनावी प्रचार प्रसारमा गइरहेको फोटो चौधरी आफैँले सामाजिक सञ्जालमा राखेका छन् । साथै उनले किसानहरूसँग उनीहरूकै आगनमा संवाद गरिरहेको फोटो पनि सार्वजनिक गरेका छन् ।
उनको प्रचार शैलीबारे सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी पनि भइरहेको छ ।
अनि उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्
अघि बढी सकेका ..
मेरा यी पाईला हरु अब न थाक्ने छन् न रोकिने नै छन !
हिजो म आफ्ना जनता माँझ
अप्रत्यक्ष रुपमा हर सुखदुःख साथ थिए भने,
आज प्रत्यक्षरुपमा जनताको घर आगँनमा छु !
मलाई यो अवसर प्रदान गर्नु हुने सबै लाई
मेरो अन्तरमन देखि कृतज्ञता व्यक्त गर्दै
मेरा पाखुरा, मेरा विवेक, मेरो बल बुद्धिलाई
समृद्ध देश , सुखी अनि खुशी नेपाली बनाउने सुत्रका साथ जनता माँझ पुर्ण समर्पित भएको छु ,
देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी
गर्दै कृषकका हर समस्या समाधान गर्दै,
बाटोघाटो, शिक्षा, स्वास्थ, कलकारखानामा समय सापेक्ष आमूल परिबर्तन गर्ने अठोटका साथ,
आफ्ना जनता, साथिभाई अनि दाजुभाईका बिच
उभिएको छु !
धेरै हेर्यौँ र पर्खियौँ
अब समृद्धि र बिकासको सपना छिटैँ पूरा गरौँ !
म जनताको साथमा,
अनि देशको आमूल परिवर्तन हाम्रो साथमा !

