

पूर्व लडाकुका संगठन ओली नेकपामा समाहित

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादपछि दुई खेमामा विभाजित केपी शर्मा ओली पक्षीय र प्रचण्ड–नेपाल पक्षमा विभिन्न व्यक्ति तथा समूहहरु समाहित क्रम जारी नै रहेको छ । यसै क्रममा तत्कालिन माओवादीका लडाकुहरुको संगठन पूर्व जनमुक्ति सेना तथा वहिर्गत वाल सेनाहरुको संगठनहरु केपी ओली नेतृत्वको नेकपामा समाहित भएको छ ।
शनिवार प्रचण्ड–माधव पक्षधर नेकपा केन्द्रीय सदस्य लिलवहादुर थापा सहित पूर्व लडाकु कमाण्डरहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली नेतृत्वमा समाहित भएका हुन् । पूर्व लडाकु संगठनका अध्यक्ष टुकवहादुर थापा (अर्जुन) र वहिर्गमित वाल सैनिक संगठनका लेनिन विष्ट सहितका पदाधिकारीहरुले ओली पक्षमा लागेको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्व लडाकुसँग भेटेर प्रधानमन्त्री तथा पार्टी अध्यक्षले प्रचण्डले उनीहरुको भावनाको दुरुपयोग गरेको भन्दै आफूले योगदानको सम्मान गर्ने बताएको जानकारी दिए ।
ओलीले पूर्व लडाकु कमाण्डरहरुलाई राजनीतिक रुपमा उनीहरुको समस्या समाधान गर्ने भन्दै ढुक्क भएर आफू नेतृत्वको पार्टीमा सहभागी हुन आग्रह गरेका छन् । अोलीले विगतमा प्रचण्डले दिएजस्तो धोखा आफूबाट नहुने समेत बताएका थिए ।

