आगलागीबाट वृद्धा गम्भीर घाइते


बैतडी – बैतडीमा आगलागीबाट एक वृद्धा गम्भीर घाइते भएकी छिन् ।

पुर्चौँडी नगरपालिका–८ डणपूरमा घरमा आगलागी हुँदा ८४ वर्षीया जयमती साउँद गम्भीर घाइते भएकी हुन् । गम्भीर घाइते साउँदलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई सुरजबहादुर चन्दले जानकारी दिए ।

खाना पकाइसकेपछि भान्साकोठाबाट सल्किएको आगोले उनको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । घरमा आगो लागेको थाहा पाएकी साउँद भागेर बाहिर निस्किँदा जलेर घाइते भएकी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया