बसकाे ठक्करबाट एक महिलाकाे मृत्यु


प्युठान – बसकाे ठक्करबाट प्युठानमा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा जिल्लाकाे सरुमारानी गाउँपालिकाकी अन्दाजी २८ वर्षीया महिला रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार प्युठानबाट दाङकाे भालुवाङ जाँदै गरेकाे लु १ ख ९४७४ नम्बरकाे बसले ठक्कर दिँदा उनकाे मृत्यु भएकाे हाे ।

मध्यह्न करिब १२ तिर भएकाे साे दुर्घटनामा परेर मृत्यु भएकी ती महिलाकाे हालसम्म पहिचान भने खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया