
रेखा थापा केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित
काठमाडौं — रेखा थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका छन् ।
गत महाधिवेशनमा महामन्त्री पदमा पराजित थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो ।
थापा यसपालि चुनावमा मोरङ ३ बाट उम्मेदवार हुने तयारीका साथ जिल्ला दौडाहा व्यस्त रहेकी छिन् ।



कागजपत्र |
