
संघकै भागबन्डा लगाउन नसकेको गठबन्धनले आजदेखि प्रदेशको भागबन्डाबारे छलफल गर्ने
काठमाडौं- सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने भएको छ। शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल भएको थियो।
अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको छलफलमा सहभागी एक नेताले बताए। आजदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल हुनेछ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सहमति जुटाउन नसकेको गठबन्धन दलले प्रदेशमा भाग लगाएर केन्द्रको टुंगो लगाउने तयारी गरेको छ।



कागजपत्र |
