
चेक रिपब्लिकमाथि पोर्चुगलको फराकिलो जित
काठमाडौँ- यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार राति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि ४–० गोल अन्तरको फराकिलो जित हात पारेको छ।
शनिबारको खेलमा पोर्चुगललाई जित दिलाउने क्रममा डिओगो डालोटले दुई गोल गरेका थिए। ब्रुनो फर्नान्डेज र डिओगो जोटाले १/१ गोल गरेका थिए। विपक्षी टोलीबाट भने कुनै पनि गोल हुन सकेन। पोर्चुगलको लागि जारी लिगमा यो तेस्रो जित हो।
यससँगै समूह बीमा रहेको पोर्चुगलले ५ खेलबाट १० अंक हात पारेको छ।



कागजपत्र |
