टुकुचा उत्खनन नरोक्ने संकेत गर्दै बालेन्द्र शाहले लेखे कविता


काठमाडौँ। टुकुचा ‘खोला’ उत्खननमा जोडतोडका साथ लागेका काठमाडौंका मेयर बालेन्द्र शाहले यस विषयमा कविता लेखेका छन्।उच्च अदालत (पाटन) ले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अल्पकालीन आदेश जारी गरेका बेला मेयर शाहले भने सामाजिक सञ्जालमा टुकुचाको निरन्तरताबारे कविता लेखेका हुन्।

उनको कविताले टुकुचा उत्खननको अभियान नरोकिने संकेत गरेको छ।

यस्तो छ बालेन्द्र शाहले लेखेको कविता :

ऊ हराएको छैन
ऊ बगिरहन्छ
तिम्रो सास रहेसम्म
तिम्रो आस रहेसम्म
तिम्रो अर्थी सेलाइन्जेल
हाम्रो लास बहेसम्म
निरन्तर, निर्विरोध, निर्दोष
यो धर्ती, आकाश रहेसम्म।

 

प्रतिक्रिया