हजारको नक्कली नोटसहित सुनसरीमा एकजना पक्राउ


सुनसरी – ७३ थान हजारको नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

सुनसरी देवानगन्ज गाउँपालिका-६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई मंगलबार दिउँसो चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको हो ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ९७५६ नम्बरको बसमा सवार उनले ज्याकेटको खल्तीमा लुकाएर ल्याएको अवस्थमा नोट बरामद भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया