

आज मध्यराति प्रतिनिधि सभाको कार्यकाल सकिँदै

काठमाडौँ- प्रतिनिधि सभाको कार्यकाल आज (शनिबार) मध्यराति सकिँदै छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने निर्णय गरेको हो।
निर्वाचन आयोगले असोज २ र ३ मा समानुपातिक उम्मेदवारको सूची पेस गर्ने कार्यसूची तय गरेको छ। सोही कार्यसूचीलाई आधार मानेर सरकारले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।
प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन भने असोज २३ मा हुने छ। अब राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृत गरेपछि अधिवेशन अन्त्य हुनेछ।

