चालू संसद् अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद्‌द्वारा सिफारिस


काठमाडौं – सरकारले चालू संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार राति १२ बजे देखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेको हो।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै सरकारले संसद् अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

प्रतिक्रिया