

मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीको हस्तक्षेप, ६० जना पक्राउ

काठमाडौं – न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
उनीहरुले कीर्तिपुरमा नै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो।
मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितहरु कीर्तिपुरमा बसेका थिए ।
त्यसै क्रममा झडपसमेत भएको हो । प्रदर्शनमा सहभागी ५०-६० जना सबैलाई प्रहरीले पक्राउ गरेकाे र त्यसक्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।

