देउवाले एलिजावेथको निधनमा भने– नेपाल र नेपालीलाई माया गर्ने व्यक्तित्व गुमायौं


काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छ्न। एलिजावेथ द्वितीयाले आफुलाई काम, सम्मान र सेवाले परिचित गराएको देउवाले उल्लेख गरेका छन्।

‘रानीका सन १९६१ र सन १९८६ मा भएका दुई राजकीय भ्रमणलाई नेपालमा आदरपुर्वक स्मरण गरिन्छ,’ देउवाले एलिजावेथका नेपाल भ्रमणको चर्चा गर्दै भनेका छन्।

रानी एलिजावेथको निधनले नेपाल र नेपाली जनताले आफुलाई माया गर्ने एक व्यक्तित्व गुमाएको देउवाले उल्लेख गरेका छ्न। प्रधानमन्त्री देउवाले एलिजावेथको निधनमा बेलायती राजपरिवारलाई समवेदना ब्यक्त गरेका छ्न।

एलिजावेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन १९६१ मा र राजा वीरेन्द्रको राज्याभिशेकमा सन १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्। ९६ बर्षको उमेरमा हिजो बिहिबार बेलायतको बालमोरलमा एलिजाबेथको निधन भएको थियो।

 

प्रतिक्रिया