यसरी ल्याइँदैछ नेपालमा कोरोना विरुद्धको खोप (तस्वीरसहित)


काठमाडौं – नेपालमा आज भारतबाट १० लाख डोज कोरोना विरुद्धको खोप ल्याइंदैछ । त्यसका लागि भारत सरकारले खोप जहाजमा राख्ने काम गरिरहेको छ ।

नेपाल र भारत सरकारबीचको छलफल पछि भारतमा निर्माण भएको खोप नेपाल ल्याउन लागिएको हो । भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका लागि खोप ल्याउन तयारी भइरहेको जानकारी दिएका छन् ।

उनले एयरबस ए३२१ जहाजमा नेपालका लागि कोरोना खोप लोड भइरहेको तस्वीर सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया