

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं – प्रहरीले बैंकिङ कसुर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौंको सामाखुसीमा बस्दै आइरहेका २९ वर्षीय पुरुषोत्तम अधिकारी रहेका छन् ।
अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत महाराजगञ्जमा पठाइएको प्रहरीको भनाइ छ ।

