
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको उजुरी
काठमाडौं- नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ। बलात्कारको आरोपसहित काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीको उच्च स्रोतले जनाएको छ।
सन्दीप आफैं भने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसिया पुगेका छन्। त्यसअघि सन्दीपको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली केन्या गएको थियो । घटना केन्या जानुअघि भएको बुझिएको छ।
लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको बताउँदै थप जानकारी आज (बुधबार) दिने प्रहरीको तयारी छ।
सन्दीपको कप्तानीमा नेपालमा केन्याविरुद्ध ५ टि ट्वान्टी श्रृखंला खेलेको थियो। जसमा नेपाल ३–२ ले विजयी भएको थियो। केन्याविरुद्धकै तीन एक दिवसिय खेलमा भने उनी टोलीमा थिएनन्। उनी सिपिएल खेल्न पुगेका थिए



कागजपत्र |
