ओलीको निर्वाचन क्षेत्र झापा ५ को प्रदेशसभाको प्रत्यक्षमा कार्कीसहित १७ को सिफारिस

ओलीको क्षेत्रमा एमालेबाट आकांङ्छीकाे भिंड


झापा – नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा –५ को प्रदेश सभा ‘क’ र ‘ख’ मा युवा नेता हिक्मत कार्कीसहित १७ जनाको नाम सिफारिस भएको छ ।

आगामी मंसीर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागि झापा ५ को प्रदेशसभा ‘क’ बाट अनेरास्वबियूका पूर्वअध्यक्ष, प्रदेश नम्वर १ का पूर्वआन्तरिक मामिला मन्त्री तथा प्रदेशसभा सदस्य हिक्मत कार्कीसहित ७ जनाको नाम सिफारिस गरिएको छ ।
प्रदेश सभा ‘ख’ मा भने प्रदेशसभाका बहालवाला सदस्य अर्जुन राईसहित १० जनाको नाम सिफारिस भएको छ ।

झापाको निर्वाचन क्षेत्र ५ को ‘क’ बाट क्षेत्रीय ईञ्चार्ज होमबहादुर थापासहित ओलीका पूर्व स्वकिय सचिव इन्द्र भण्डारी, प्रदेशसभा सदस्य अर्जुन राई लिला ढुंगेल, नवर्दा गौतम, नारायण गौतम, उर्मिला ओली, बोधप्रसाद घिमिरे, बलराम गजुरेल र कुमार साम्सुहाङ्गको नाम सिफारिस छ ।

यसअघि झापा – ५ ‘ख’ बाट एमालेका उम्मेद्वार अर्जुन राईले कांग्रेसका राजन ढुगांनालाई पराजित गरेका थिए ।

यस्तै एमालेको ५ नम्वर क्षेत्र ‘क’ प्रदेश क्षेत्रीय समितिको आइतबार नै बसेको बैठकले स्थायी कमिटी सदस्य हिक्मत कार्कीसहित ०७४ को स्थानीय तहको निर्वाचनमा गौरादह नगरपालिकामा पराजय भोगेका अग्नी खरेल निकटका नेता मदन अधिकारी, अमर शिवाकोटी, शारदा पराजुली, योगराज दाहाल, गेहनाथ पौडेल र केदार ढुंगेलको नाम सिफारिस गरेको छ ।

कार्कीलाई एमालेले प्रदेश १ को भावी मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । कार्कीले कांग्रेसका अनिलकृष्ण प्रसाइँलाई पराजित गरेका थिए । कार्की र प्रसाईं दुवै गौरादहका स्थायी वासिन्दा हुन् ।

प्रतिक्रिया