

सात क्यासिनोलाई महानगरको पत्र, एक सातामा कर नतिरे कारर्बाही गर्ने चेतावनी

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर नतिर्ने क्यासिनोहरुलाई पत्र काटेका छन् । ७ दिनको म्याद दिएर ७ क्यासिनोलाई बालेनले पत्र काटेका हुन् ।
जसमा डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट। प्राइड इन्टरटेन्टमेन्ट, माजोङ इन्टरटेन्टमेन्ट, बाल्को क्यासिनो र बेलि क्यासिनो रहेका छन् ।
मनोरञ्जन कर तिर्न पटक पटक ताकेता गरिएपनि आर्थिक् वर्ष ०७५–०७६ देखि कर नतिरेकाले पत्र प्राप्त भएको मितिले ७ दिनभित्र राजश्व बुझाउन अनुरोध गरिएको छ । अन्यथा नियमबमोजिम बाँकी सरह बाँकी कर असुल उपर गरिने विभागीय प्रमुख शिवराज अधिकारीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।
महानगर भित्र अवैध संरचना भत्काउने देखि अन्डरग्राउन पाक्रिङ खुल्ला गर्ने र ट्राफिक व्यवस्थापन गर्ने सम्मको महत्व पुर्ण काम गर्दै आएका मेयर शाहले यो अर्कौ कदम अघि सारेको हो । मेयर शाहले पछिल्लो समय काठमाडौंको भृकुटिमण्डपमा रहेको काठमाडौं फनपार्कलाई २४ घण्टा भित्र कर तिर्न निर्देशन दिएको थियो । उनको निर्देशनसँगै फनपार्कले १७ लाख ३७ हजार रुपैयाँ कर तिरेको थियो ।

