

विभिन्न दल त्याग गरी नेता कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं – विभिन्न राजनीतिक दल परित्याग गरी नेता तथा कार्यकर्ताहरु नेकपा (एमाले) मा प्रवेश गरेका हुन् । पार्टी मुख्यालय च्यासल ललितपुरमा शनिबार आयोजित कार्यक्रममा नवप्रवेशी नेता कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे ।
सो अवसरमा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. रामबाबु तिवारी, नेकपा (एस) का धनुषा जिल्ला अध्यक्ष सोमप्रसाद शर्मा र नेकपा (माओवादी केन्द्र) का ओखलढुङ्गा जिल्ला कमिटीका सदस्य सुजन रुम्जाली आज एमाले प्रवेश गरेका हुन् ।
ओखलढुङ्गाबाट रुम्जालीसहित वाईसीएलका ३७ जना युवा कार्यकर्ता र धनुषाबाट नेकपा (एस), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्रका गरी ४० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको सो दलले जनाएको छ ।
एमाले प्रवेश गर्नेहरूमा ओखलढुङ्गाको मानेभञ्ज्याङ-१ मोलीका युवाहरु रेजिन आलेमगर, धनबहादुर आलेमगर, गणेश आलेमगर, पर्शुराम पूर्वछाने मगर, नवीन पूर्वछाने मगर, कृष्णधन पूर्वछाने मगर, कमल आलेमगर, देव आलेमगर, रञ्जीत आलेमगर, सविन आलेमगर, प्रदीप आलेमगर, रविन आलेमगर, कृष्णबहादुर राई, राजधन आलेमगर, विक्रम आलेमगर, दानबहादुर आलेमगर, शिवम आलेमगर लगायतका नेता कार्यकर्ता रहेका छन्।
नेकपा (एस) का धनुषा जिल्ला कमिटीका सदस्यहरू सर्वनाथ महतो, मीरा दाहाल, सुनिलकुमार सिंह, तेजनारायण साह, नगर कमिटी उपाध्यक्ष विपुलकुमार महतो, वडा कमिटी अध्यक्ष रामनारायण महतो, सचिव सत्यदेव कापर, वडा कमिटी अध्यक्ष योगेन्द्र महतो, उपाध्यक्ष रामहरि बराल, वडा कमिटी संयोजक रामनन्दन यादव रहेका प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । सोहीअनुसार कांग्रेस धनुषाका क्षेत्रीय समिति सदस्य दीपक लामा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा एमाले सचिव रघुवीर महासेठ, पोलिटव्यूरो सदस्य बालकृष्ण ढुङ्गेल र केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारको पनि उपस्थिति थियो ।

