‘स्वीकृत’ कृति छाप्नुअघि साझाले ९८ हजार रकम मागेको स्रष्टाको गुनासो


काठमाडौं – सरकारको सहकारी विभाग र नीजि क्षेत्रको लगानीमा सञ्चालित साझा प्रकाशनले छपाएको योग्य स्वीकृत गरेको एक कृतिको छपाइअघि नै करिव ९८ हजार रुपैयाँ मागेर आफूलाई हैरानी दिएको एक स्रष्टाले गुनासो गरेका छन् ।

‘तुलनात्मक अध्ययनका आधारहरुः सिद्धान्त र प्रयोग’ कृतिका लेखक डा.मुकुन्द शर्माले २०७७ मा दिएको कृति मुल्याङ्कन भई २०७८मा स्वीकृत भए पनि साझा प्रकाशनले हाल आएर छाप्नुअघि ९७ हजार नौं सय ९० रुपैयाँ अग्रिम भुक्तानी गर्नु भनी रकम मागेको दाबी गरे ।

आफूलाई साझा प्रकाशनका अधिकृत स्तरका कर्मचारी होमनाथ भट्टराले कृति प्रकाशनको लागि छपाई अघि प्लेट बनिसकेको तर छाप्नुअघि ९७ हजार ९ सय ९० रुपैयाँ उपलब्ध गराउन दबाब दिएको लेखक शर्माले गुनासो गरे । भट्टराईले त्यति रकम उपलब्ध गराए पनि बिल भने दिन नसकिने तर्क गरेका थिए ।

स्नातकोत्तर तहसम्मको लगि रेफरेन्स बुकको रुपमा लिइएको सो पुस्तक २१६ पेज लामो र बिक्री मुल्य ४१० राखिएको थियो । साझाका महाप्रवन्धक प्रल्हाद पोखरेलले आफूलाई फोन गरी ‘तपाइँले बुझाउनु पर्ने रकमको बारेमा अग्रिम जानकारी दिन नसकेको’ भनी ५०० प्रति पुस्तकको रकम उपलब्ध गराउनु पर्ने नियम भएको जानकारी दिएको शर्माले बताए ।

करिव एक हजार पुस्तक छपाइको लागि दुइ लाख ५ हजार रुपैयाँ खर्च लाग्ने र त्यसको ५० प्रतिशत लागत लेखकले उपलब्ध गराउनु पर्ने माैखिक सहमति भए पनि अग्रिम रकम मागेर भुक्तानीको बिल पनि उपलब्ध नहुने भनी साझाका जिम्मेवार अधिकारीले जानकारी दिएपछि आफू अन्योलमा परेको उनले बताए ।

आफूलाई २५ प्रतिशत प्रकाशित पुस्तकको रोयल्टी उपलब्ध गराउने मौखिक सहमति भएको तर त्यस विषयमा समेत मौन रहेको शर्माले वताए । उनले भने ‘५० प्रतिशत अर्थात पाँच सय पुस्तक छपाएको मुल्य अनुसार राेयल्टीवामत कटाएर आफूले भुक्तानी गर्नु पर्दा पनि ५८ हजार पाँच सय रुपैयाँ मात्र खर्च हुनेमा आफूसँग करिव ४० हजार रुपैयाँ किन बढी मागिएको होला भनी प्रश्न गर्दा नियम नै यस्तै हो भनेर जवाफ आउने गरेको गुनासो गरे ।

विगत एक दशकदेखि साझा प्रकाशन घाटामा गएको टाट पल्टिन आँटेको भनेर स्रष्टाहरुले यसको उत्थानको लागि आवाज उठाउँदै आएका थिए । सरकारले साझालाई विभिन्न समयमा पटक पटक रकम अनुदान स्वरुप उपलब्ध गराउँदै आएको छ । तर बजेट अभाव भएको भन्दै साझाका जिम्मेवार पदाधिकारीहरुले स्रष्टामाथि नै अन्याय गर्दै आएको गुनासो आउँदै गरेको छ ।

प्रतिक्रिया