

केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य

काठमाडौं – घरेलु टोली केन्याले टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको छ ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको हो ।केन्याले २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन जोड्दै नेपाललाई १३१ रनको लक्ष्य दिएको हो ।
केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान गरे, लुकास ओउचले ३० रन जोड्दा नेल्सन ओडिम्बेले १९ र सचिन बुढाइले १७ रन जोडे । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पारे ।
आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए । पाँच खेलको टी–ट्वान्टी सिरिजको दोस्रो खेल भदौ १० गते हुनेछ ।

