पछिल्लो २४ थप ४८७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु


काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टीजेन विधिबाट २४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ । पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया