४९ बर्षदेखि अन्न त्यागेका जगताचार्यको निधन


काठमाडौं– ४९ बर्षदेखि अन्न त्यागी फलाहार मात्र गरेका जगताचार्य पण्डित तेजनाथ शर्माको निधन भएको छ।

६९ वर्षीय ‘नेपाली बाबा’को सोमबार राति ९ बजे विन्धवासिनी आश्रम सतुङ्गलमा निधन भएको हो।

अन्तर धार्मिक संघका अध्यक्ष केशव चौलागाइँका अनुसार मंगलबार विहान  ९ बजे पशुपति आर्यघाटमा शर्माको अन्त्यष्टि गरिएको छ। शित युद्ध अन्त्य र विश्व शान्तिका लागि सन् १९८६  महायज्ञ  गरेका शर्माले २०४५ सालमा नेपालका ७५ जिल्ला पैदल यात्रा गरेका थिए। 

‘धर्मो रक्षति रक्षितः’ अभियान थालेका शर्माले २०४८ मा नेपालको मुक्तिनाथदेखि भारत कन्याकुमारीसम्म ११८ दिन लगाएर पदयात्रा गरे। उनले २०२८ सालदेखि अन्न भोजन त्याग गरेका थिए। फलफूलमात्र खाने गरेका उनलाई त्यागी पण्डितका रुपमा पनि व्याख्या गरिन्थ्यो।

प्रतिक्रिया