जनमत र पिछडा वर्ग पार्टीले एउटै चिह्नमा चुनाव लड्ने


काठमाडौँ- जनमत पार्टी र पिछडा वर्ग निषाद दलित जनजाति पार्टीले एउटै चिह्नमा चुनाव लड्ने भएका छन्।

दुई पार्टीबीच भएको छलफलमा अर्को पार्टी जनमतकै निर्वाचन चिह्न लाउडस्पिकर (हर्न)मा चुनाव लड्न तयार भएको हो। प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ।

उक्त निर्वाचनमा सहकार्य गर्ने दुई पार्टी सहमत भएका हुन्। सहमति पत्रमा जनमतका अध्यक्ष सिके राउत र पिछडाका अध्यक्ष प्रितम मुखियाले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया