मिडफिल्डर मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध


काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाल अल रेफमा अनुबन्ध भएका छन् । क्लबले शनिबार मनिषसँग सम्झौता गरेको जनाएको छ ।

मनिष एक बर्षका लागि इत्तेहाल अल रेफमा अनुबन्ध भएका हुन् । उनको पारिश्रमिक बारे भने खुलाईएको छैन । इत्तेहाल अल रेफ दोस्रो श्रेणीको क्लब हो । नेपालको घरेलु लिगमा मनिषले मछिन्द्र क्लबबाट गतवर्ष ‘ए’ डिभिजन लिग खेलेका थिए ।

मच्छिन्द्रले लिगको उपाधि समेत जितेको थियो । उनले विश्वकप छनोटको तयारीका लागि इराकमा भएको मैत्रीपूर्ण खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीबाट १४ खेल खेल्दै दुई गोल गरेका छन् ।

प्रतिक्रिया