

कांग्रेस केन्द्रीय सदस्य लामासहितका नेताले गरे अम्बिका आविको निरीक्षण, नेता कार्कीको पहलमा पोशाक वितरण

काभ्रे – काभ्रेको पनौतीस्थित अम्बिका आधारभूत विद्यालयमा अध्ययनरतग विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । नेपाली कांग्रेसका युवा नेता सुभाष कार्कीको विशेष पहलमा उक्त विद्यालयमा अध्धयनरत छात्रछात्राहरुलाई पोशाक वितरण तथा विद्यालयको निरीक्षण गरिएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाको प्रमुख आतिथ्यमा सम्पन्न पोशाक वितरण कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा लामाले विद्यालयका छात्रछात्राहरुलाई पढाईमा विशेष जोड दिन आग्रह गर्दै सरकारी विद्यालय पनि निजी विद्यालय सरहकै शिक्षा दिन सक्षम रहेको बताउँदै आगामी दिनमा विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।
त्यस्तै कार्यक्रममा विशेष अतिथिका रुपमा पनौती नगरप्रमुख तथा नेपाली कांग्रेस पनौती नगर कार्यसमितिका सभापति रामशरण भण्डारी, पनौती वडा नं. ५ का वडाध्यक्ष विनोद खत्री, नेपाली कांग्रेसका युवा नेता रोशन पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
उक्त पोशाक हस्तान्तरण तथा निरीक्षणका लागि पुगेका नेता तथा सहयोगी दाताहरुलाई विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका तथा विद्यार्थीहरुले स्वागत गरेका थिए ।

