परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता


काठमाडाैं – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

चीनको साङदोङ प्रान्तको छङ्दाओ सहरमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

छलफलमा यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल भएको छ । काठमाडाैं चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा-छहरे सुरुङ मार्ग र काठमाडाैं-केरुङ रेल मार्गको विषयमा चीनसँग छलफल भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै हिजो चीनको साङदोङ प्रान्तको छङ्दाओ सहर गएका हुन् ।

टोलीमा परराष्ट्रसचिव भरतराज पौड्यालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायत सहभागी छन् ।

प्रतिक्रिया