चीनले लगायो न्यान्सी पलोसीलाई स्थायी प्रतिबन्ध


काठमाडाैं – चीन सरकारले अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीलाई चीन आउन स्थायी प्रतिबन्धको घोषणा गरेको छ ।

पलोसीका साथै उनको परिवारका सबै सदस्यलाई शुक्रवार यस्तो प्रतिबन्ध लगाइएको हाे ।

उनीहरूले चीनमा कुनै पनि किसिमको व्यापार समेत गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।

चीनको चेतावनीलाई अवज्ञा गर्दै पलोसीले ताइवानको भ्रमण गरेपछि चीनले उनीमाथि यस्तो प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया