निष्कासन गरेको पहिलो दिनमै सयपत्री हाइड्रोमा माग भन्दा ५ गुणा बढी आवेदन


काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडले आजदेखि निष्कासन गरेको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । शुक्रबार दिउसो १ः३२ बजेसम्ममा सर्वसाधारणलाई निष्कासन गरेको शेयरमा करिब ५ गुणा बढी आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार अपरान्ह १ः३२ बजेसम्ममा २ लाख ४ हजार ९८९ आवेदनबाट २३ करोड ८४ लाख ३९ हजार रुपैयाँ बराबरको २३ लाख ८४ हजार ३९० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाएको ६ लाख ७० हजार ५८६ कित्ताको ४.८९ गुणा बढी हुन आउँछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्कासन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको छ ।

प्रतिक्रिया